Logo

गण्डकी प्रदेश

हरेक क्षेत्रमा दादागिरी छ : मेयर आचार्य


१५ चैत्र २०८१, शुक्रबार  

92
Shares

पोखरा   । पोखरा महानगरपालिका मेयर धनराज आचार्यले हरेक ठाउँमा दादागिरी हुने गरेको बताएका छन् ।

पोखरामा शुक्रबार आयोजित ‘मिडिया, कर्पोरेट क्षेत्रहरु र प्रेस काउन्सिल नेपालको भूमिका साथै पत्रकार आचारसहिता’ बिषयमा भएको छलफलमा बोल्दै उनले हामी सबै कर्पोरेट संस्कारभित्र बस्न नसकेको बन्दै हरेक क्षेत्रमा दादागिरी हुने गरेको बताएका हुन् ।

‘कर्पोरेट संस्कारभित्र हामी सबै बस्यो भने मिडिया पनि आफ्नो बाटो हिड्छ होला । यो दादागिरी भन्ने शब्द हरेक ठाउँमा छ । केही न केही ढङगले कर्मचारी, राजनीतिक नेताहरुले दादागिरी देखाउने अनि भाष्य चै यो क्षेत्र गलत नै हो भन्ने छ ।’  उक्त्त कार्यक्रम आर्थिक संस्कारको आयोजनमा भएको थियो भने प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासंघ, कास्की जिल्ला शाखाको समन्वय र पिङ्करोज बिज्ञापनको संयोजनमा उक्त्त कार्यक्रम भएको थियो ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  ७ : २३ बजे