Logo

खेलकुद

 दोश्रो बीमा कप फुटसल टुर्नामेन्ट २०८२ आगामी बैशाखमा हुने ।


१५ चैत्र २०८१, शुक्रबार  

299
Shares

 काठमाडौं । आगामी बैशाख ७ र ८ गते बीमा दोकानले 2nd Insurance Cup Futsal Tournament-2082 को आयोजना गर्ने घोषणा गरेको छ।जसमा बीमा क्षेत्रका कम्पनीहरूले मात्र सहभागिता जनाउन पाउनेछन्। यस टूर्नामेन्टको मुख्य उद्देश्य बीमा क्षेत्रका ब्यक्तिहरू बीच खेलकुदको माध्यमबाट सहकार्य र स्वास्थ्य प्रवर्धन गर्ने लक्ष्य आयोजकले राखेको छ ।

“स्वास्थ्यका लागि खेल र बीमाका लागि सहकार्य” भन्ने मुल नारामा आधारित यो प्रतियोगिता बैशाक ७ र ८ गते काठमाडौं को कालोपुलस्थित धवन्तरी फुटसल मैदानमा हुनेछ। 

यस प्रतियोगितामा ईन्स्योरेन्स कम्पनीहरूले प्रतिस्पर्धा गर्नेछन् र विजेताहरूलाई नगद पुरस्कार पनि दिइने छ। जसमा प्रथम पुरस्कार रु ३५,००० (पैतिस हजार)रहेको छ भने दोश्रो पुरस्कारको राशी १५,००० ( पन्ध्र हजार) को व्यवस्था गरिने भएको छ उक्त टूर्नामेन्टमा अल नेपाल फुटबल एशोसियसन (एन्फा) को टेक्निकल सहयोग र माईपे पेमेन्ट पार्टनरको रूपमा सहभागिता रहनेछ, साथै साकुरा फुडले फुड पार्टनरको रूपमा कार्य गर्ने छ। सहयोगी संस्थाहरूमा निर्मा, एस्पिरिट एजुकेसन र आई स्मार्ट पनि रहेका छन्। 

यो टुर्नामेन्टको मुख्य उद्देश्य भनेको बीमा क्षेत्रमा नयाँ स्तरको सहकार्य र प्रतिस्पर्धा ल्याउने आशा राखिएको पोलिसी एड प्रालिका प्रबन्ध निर्देशक ईश्वर श्रेष्ट बताउछन ।

प्रकाशित मिति : १५ चैत्र २०८१, शुक्रबार  २ : ४४ बजे