काठमाडौं । काठमाडौंको बुढानीलकण्ठ नगरपालिका, देउला टोलस्थित एक घरमा भारतीय नागरिकहरुले अनलाइन जुवा र सट्टाबाजी सञ्चालन गरिरहेको अवस्थामा ११ जना भारतीय नागरिकलाई पक्राउ गरिएको छ।
प्रहरीले प्राप्त सूचनाका आधारमा अनलाइन जुवा र सट्टाबाजीको अवैध कारोबार गर्ने ११ भारतीय नागरिकलाई नियन्त्रणमा लिएको हो। उनीहरुले २ अर्ब रुपैयाँ भन्दा बढी रकमको कारोबार गर्दै अनलाइन जुवा सञ्चालन गरेको र ९६ लाख ३३ हजार रुपैयाँ भन्दा बढीको अभौतिक मुद्राको कारोबार गरेको पाइएको छ।
पक्राउ परेका व्यक्तिहरूमा २४ वर्षको सनी मिणा, २५ वर्षका मोहित वर्मा, २६ वर्षका पिउस भारद्वाज, २५ वर्षका हरकेश डडैया, २२ वर्षका निशांत भारद्वाज, २३ वर्षका आकाश वर्मा, १९ वर्षका अंकित कुमार सैनी, २३ वर्षकी सन्जु शाकला, २८ वर्षका रामसिंह जाठ, १९ वर्षका लोकेश कुमार र १९ वर्षका विकाश कुमार रहेका छन्।
यस अवैध क्रियाकलापको सुरक्षामा प्रहरीले विभिन्न कम्पनीका ३४ मोबाइल फोन, ५ ल्यापटप, ४ कापीमा राखिएको हिसाबकिताबको अभिलेख, १४ वटा भारतीय बैंक चेक बुक, २७ वटा भारतीय डेबिट कार्ड, र ४० वटा भारतीय सिमकार्ड समेत बरामद गरेका छन्।
यो सम्बन्धमा थप अनुसन्धान जारी छ र पक्राउ परेकाहरूसँग काठमाडौ जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरिएको छ।
प्रतिक्रिया