Logo

राजनीति

ओली र देउवाको सुजताले गरिन् प्रशंसा : ‘उहाँहरु विकासप्रेमी हुनुहुन्छ’



काठमाडौं । नेपाली कांग्रेसकी नेतृ सुजता कोइरालाले प्रजातन्त्रलाई बलियो बनाएर देशको रक्षा गर्नुपर्ने बताएकी छन् ।

मंगलबार सुजाता कोइरालाको ‘म र मेरो सानोबुबा’ पुस्तक लोकार्पण समारोहमा बोल्दै उनले विभिन्न समयमा भएको आन्दोलनले देशमा परिवर्तन आएको भन्दै देशको रक्षाको लागि प्रजातन्त्रलाई बलियो बनाउनुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘२०४६ र २०६२÷०६३ को आन्दोलनपछि नेपालमा धेरै ठुला  विकास भएका छन् । धेरै कुरामा परिर्वतन आएका छन् । ति कुराहरु पनि पुस्तकमा समेट्न खोजेको छु । अव प्रजातन्त्रलाई हामीले बलियो बनाएर यो देशको रक्षा गर्नुपर्छ । यहाँ अनुभवी नेताहरु हुनुहुन्छ । विकासप्रेमी ओलीजी, शेरबहादुरजी हुनुहुन्छ । धेरै दुःख गरेर जेलनेल गएर नै नेता बन्नु भएको हो । उहाँहरुको पनि आफ्नै अनुभव छ । उहाँहरुले समाल्नुहुन्छ । हामीले पाएका उपलव्धिहरुलाई बचाएर राख्नुपर्छ ।’

उनले गिरिजा प्रसाद कोइरालाको प्रस्तावमा शेरबदादुर देउवालाई प्रधानमन्त्री बनाएको पनि बताइन् । 

प्रकाशित मिति : १२ चैत्र २०८१, मंगलबार  ६ : ४५ बजे