Logo

विश्व

हान डुक–सूसँगको महाभियोग खारेज, पुनः बहाली



काठमाडौं । दक्षिण कोरियाको संवैधानिक अदालतले प्रधानमन्त्री हान डुक–सूमाथि लगाइएको महाभियोग खारेज गरेको छ। अदालतको निर्णयसँगै उनी कार्यवाहक राष्ट्रपतिका रूपमा पुनः बहाल भएका छन्।

अदालतका आठजना न्यायाधीशमध्ये सातजनाले महाभियोग खारेज गर्ने पक्षमा मत दिएका थिए, जबकि एक न्यायाधीशले असहमतिमा रहेको जनाइएको छ।

अदालतको निर्णयपछि हानले अहिलेका राष्ट्रपति तथा अर्थमन्त्री चोई साङ-मोकलाई विस्थापन गर्ने निर्णय ल्याउने कयौँ अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

गत डिसेम्बरमा, विपक्षी डेमोक्रेटिक पार्टीले हानमाथि महाभियोग लगाएको थियो। तीन न्यायाधीशलाई संवैधानिक अदालतमा नियुक्त गर्न अस्वीकार गरेको आरोपमा महाभियोग अघि बढाइएको थियो।

पुनर्बहाली पछि हान डुक-सूले अदालतलाई धन्यवाद दिँदै भने, “अब म कार्यवाहक राष्ट्रपतिका रूपमा आफ्नो कर्तव्यको उच्चतम स्तरमा काम गर्नेछु र देशको प्रशासनलाई स्थायित्व दिनेछु।”

प्रकाशित मिति : ११ चैत्र २०८१, सोमबार  १ : ०० बजे