Logo

समाचार

विरेन्द्र बस्नेतको दाबी : कृषिबाट मात्र समृद्धि संभव छ



काठमाडौं । बुद्ध एयरका प्रवन्ध निर्देशक विरेन्द्र बहादुर बस्नेतले कृषिले मात्र मुलुकमा समृद्धि ल्याउने दावी गरेका छन् ।

शुक्रबार आरजु राइस मिलले कृषकहरुसंगको अन्तरक्रियामा बोल्दै उनले खाद्यन्न बालीको उत्पादनमा वृद्धि भएपछि मात्र समृद्धि सम्भव भएको बताएका हुन् ।

उनले भने,‘नेपालमा अबको समृद्धि भनेको कृषिबाट सुरु नभइ समृद्धि हुँदैन । कृषि भनेको किसानको खेतलाई अधिकतम प्रयोग गर्ने खाद्यन्न बालीको उत्पादन वृद्धि हुन पर्यो । त्यसपछि मात्रै समृद्धि हुन्छ । नेपालको समृद्धिपछि मात्र रोजगारी सृजना हुन्छ । सोही अभियानका लागि धेरै मेहेनत गरेका हौं । २२ वर्षदेखि भिडिरहेका छौं र २० औं करोडजति नै खर्च गरिसकेका छौं ।’

त्यस्तै उनले बुद्ध एयरलाई भन्दा बढि समय आफूले कृषि सम्बन्धि अभियानलाई दिएको पनि बताए ।

मिलको स्थापना उद्देश्य कृषकहरुलाई धानको उचित मूल्यमा विक्री गर्न सहयोग पुर्याउनु र कृषि उत्पादनलाई समृद्धितर्फ डोहोर्याउने भएको भन्दै उनले आरजु राइस मिलले धानको उत्पादन र प्रशोधनमा उत्कृष्टता राख्न आफ्नो दक्षता र प्रविधिको उपयोग गरेको पनि बताए ।

प्रकाशित मिति : ८ चैत्र २०८१, शुक्रबार  ८ : ४३ बजे