काठमाडौं । सर्वोच्च अदालतको परमादेशद्वारा गठित गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय समितिले आयोजना गरेको मे ३–५, २०२५ मा काठमाण्डौमा हुने अन्तराष्ट्रिय महाधिवेशनको लागि विभिन्न देशहरुमा विभाजित भएका पक्षहरुको आपसी बैठक हुन थालेका छन् ।
यसै शिलसिलामा एनआरएनए अमेरिकामा रहेका दुइ फरक तर दुवै कानुनि रुपमा आधिकारिक रहेका एनआरएनए एनसीसी (राष्ट्रिय संगठन/परिषद) हरुको पहिलो बैठक सम्पन्न भएको छ ।
अमेरिकामा एनआरएनएलाइ दुइबाट एउटा सिंगो बनाउनको लागि एनआरएनए अमेरिकाका एउटा पक्षका अध्यक्ष सुर्य लम्साल र अर्को पक्षका अध्यक्ष डा. अर्जुन बन्जाडेको नेतृत्वका टोलीबीच यहि मार्च १७, २०२५ सोमबार पहिलो बैठक सम्पन्न भएको छ ।
बैठकको सुरुवात कसरी भयो ?
१. एनआरएनए अमेरिकाका सुर्य लम्स्साल पक्षले एनआरएनए उच्चस्तरीय समितिको पत्र अनुसार आगामी मे ३–५, काठमाण्डौमा हुने महाधिवेशन र राष्ट्रिय महाधिवेशनबारे छलफल र निर्णय गर्न मार्च ३, २०२५ मा आफ्नो संगठनको बैठक बोलायो ।
२. सोहि मार्च ३ को एनआरएनए अमेरिकाको बोर्ड बैठकले अमेरिकाको अर्को एनआरएनए पक्ष डा. अर्जुन बन्जाडेको एनसिसीसंग कसरी एकताको महाधिवेशन गर्न सकिन्छ, त्यसका लागि उहाँहरु तयार हो या होइन, हो भने कसरी सहकार्य गर्न सकिन्छ भनेर बैठक, छलफल र निर्णय समेत गर्न अधिकार सम्पन्न हुनेगरी अध्यक्ष सुर्य लम्सालको नेतृत्वमा महासचिव यदु बन्जारा रहेको एक कमिटी गठन गरेको थियो ।
३. उक्त कमिटीले मार्च १६ मा एनआरएन एनसिसी अमेरिकाका अर्का पक्षका अध्यक्ष डा. बन्जाडे र महासचिव रामहरी अधिकारीलाई सहकार्यको लागि पत्राचार गरेको थियो। उक्त पत्र एनआरएनए ज्ीऋ का सबै सदस्य र एनआरएनए अमेरिकाका पुर्व अध्यक्षहरुलाई पनि बोधार्थ दिईएको थियो ।
४. एनसीसी अमेरिकाका अध्यक्ष लम्साल नेतृत्वले मार्च १७ मा एनआरएनए एनसिसी अमेरिकाका दुवै पक्षका अध्यक्ष र महासचिवको बैठक गर्न आमन्त्रण गर्यो। एनआरएनए एनसीसी अमेरकाका डा. बन्जाडे नेतृत्वले पनि बैठकमा उपस्थित हुने आफ्नो तर्फबाट आफू, महासचिव र सचिव गरि तीनजना उपस्थित भनेपछि सोहि दिन पहिलो बैठक सम्पन्न भयो ।
पहिलो संयुक्त बैठकको छलफल र निर्णय
क. सदस्यता खुलाउने
एनआरएनए उच्चस्तरीय समितिद्वारा आयोजना गरिएको मे ३–५, २०२५ को महाधिवेशनमा भाग लिन सबैलाई सदस्यतालीन आवहान गर्ने। लम्साल नेतृत्वको एनसीसीले सदस्यता पहिला नै खुलाएको छ भने डा. बन्जाडे नेतृत्व एनसीसी तुरुन्तै खुलाउने अन्यथा एनआरएनए उच्चस्तरीय समितिको साइटमा सदस्यता बन्न अनुरोध गर्ने। पछि सबैतिर बनेका सदस्यताहरु एकै ठाउँमा राख्ने।
ख. आजीवन र साधारण सदस्यताको लिस्ट पठाउने
दुवै पक्षले एनआरएनए उच्चस्तरीय समितिलाइ आजीवन सदस्य र मार्च ३१ मध्येरात सम्म सदस्यता लिएका सबैको लिस्ट एनआरएनए उच्चस्तरीय समितिलाइ पठाउने। आजीवन सदासयहरुको तुरुन्तै पठाउने। गत बर्ष सदस्यता लिएकाहरुको म्याद अझै बाँकी भएकाले मे २०२५ सम्मको लागि अटो रिन्यू गर्ने र जानकारी दिने।
ग. राष्ट्रिय माहाधिवेशन
एनआरएनए अमेरिकाको एकताको राष्ट्रिय माहाधिवेशन जुलाई २०२५ मा गर्ने। सो संबन्धि थप निर्णय अर्को बैठकले गर्ने निर्णय गरियो।
प्रतिक्रिया