Logo

प्रदेश

मौलापुर पार्क :रमाइलो गन्तब्य



रौतहट । रौतहटको मौलापुर नगरपालिकामा बनेको पिकनिक पार्क पछिल्लो समयमा पर्यटकीय गन्तव्य बनेको छ ।

आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहको पहलमा शहरी विकास मन्त्रालयबाट पिकनिक पार्कको निर्माण भएको हो । पार्कभित्र बाल उद्यान, मनोरञ्जन, व्ययामका मेसिन लगायतको व्यवस्था रहेको मौलापुर नगरपालिकाले जनाएको छ ।

यस क्षेत्र वरपर यस्ता किसिमका संरचना नरहेका कारण पनि सर्वसाधरणको आकर्षणको केन्द्रविन्दु मौलापुर पार्क बनेको नगरपालिकाको बुझाइ छ ।

पार्कलाई व्यवस्थित रुपमा सञ्चालन गरेर आन्तरिक स्रोत वृद्धि गर्ने लक्ष्य पालिकाले लिएको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले बताए । पार्कमा अन्य आवश्यक संरचनाहरु नगरपालिकाको सहयोगमा निर्माण भएको उनले बताए ।

उनका अनुसार आन्तरिक तथा बाह्य पर्यटक भित्राउने उद्देश्यले पार्कमा आवश्यक संरचना निर्माण गरिएको हो । शनिवार र अन्य चाडपर्वहरूमा पार्कमा मानिसहरूको सङ्ख्या बढ्ने र पिकनिक गर्नेहरूको पनि घुइँचो लाग्ने गरेको उनको भनाइ छ । यहाँ गौर, गरुडा, चन्द्रपुर, समनपुर, भारतको बैरगनिया, घोडासहन, चैनपुरलगायतबाट मानिसहरू पार्कको अवलोकनका लागि आउने गरेको पाइन्छ ।

हाल सो पार्क विवाह, व्रतबन्ध, पिकनिक, सभा, समारोह र मानिसहरूको लागि घुमफिर गर्ने थलो बनेको छ ।

प्रकाशित मिति : ७ चैत्र २०८१, बिहिबार  ४ : २८ बजे