Logo

कर्पोरेट

पियोर इनर्जीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन: मागभन्दा बढी आवेदन, बिक्री बन्द



काठमाडौं । पियोर इनर्जी लिमिटेडद्वारा निष्कासन गरिएको आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो। कम्पनीले फागुन २० गतेदेखि आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि आईपीओ बिक्री खुला गरेको थियो।

कम्पनीका अनुसार, आईपीओमा माग भन्दा बढी आवेदन प्राप्त भइसकेका कारण आज मंगलबार बैंकिङ समय पञ्चायत बिक्री बन्द गरिने छ।

पियोर इनर्जीले आयोजना प्रभावित बाँके जिल्लाका स्थानीयहरूका लागि ८० करोड रुपैयाँको २ प्रतिशत अर्थात् १ करोड ६० लाख रुपैयाँ बराबरको १ लाख ६० हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो। कम्पनीले सर्वसाधारणका लागि १४ लाख ४० हजार कित्ता सेयर जारी गरेको छ, जसमा १० प्रतिशत अर्थात् १ लाख ४४ हजार कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरूको लागि छुट्याइएको छ।

स्थानीयहरूले बाँकेको खजुरास्थित सौर्य विद्युत उत्पादन केन्द्र, नबिल बैंकको कोहलपुर र नेपालगन्ज शाखा, लक्ष्मी सनराइज बैंकको कोहलपुर र नेपालगन्ज शाखा, सिद्धार्थ बैंकको खजुरा, न्यूरोड नेपालगञ्ज, र वीपी चोक तथा कुमारी बैंकको चिसापानी, खजुरा, कोहलपुर, सुर्खेत रोड नेपालगन्ज र रिमझिम बजार शाखाबाट आवेदन दिन सक्नेछन्।

त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले सी-आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आईपीओमा आवेदन दिन सक्नेछन्।

प्रकाशित मिति : ५ चैत्र २०८१, मंगलबार  १२ : २७ बजे