Logo

Breaking News 1

पेट्रोल प्रतिलिटर पाँच र डिजेल तथा मट्टितेलले प्रतिलिटर चार रुपैयाँले घट्याे



काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य समायोजन भएकाे छ । नेपाल आयल निगम सञ्चालक समितिको आजको बैठकले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलको साबिकको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर रु पाँच र डिजेल तथा मट्टितेलको मूल्यमा प्रतिलिटर रु चारले घटाउने निर्णय गरेको हो ।

मूल्य घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा पेट्रोल क्रमशः प्रतिलिटर एक सय ६० रुपैयाँ ५० पैसा, एक सय ६२ रुपैयाँ र एक सय ६३ रुपैयाँ तथा डिजेल/मट्टितेल प्रतिलिटर एक सय ४८ रुपैयाँ ५० पैसा, एक सय ५० रुपैयाँ र एक सय ५१ रुपैयाँ कायम भएको छ ।

प्रकाशित मिति : १ चैत्र २०८१, शनिबार  ९ : ३८ बजे