Logo

विश्व

नेपालसहित आठ देशका विभिन्न समूह आइएमएफ र विश्व बैंकविरुद्ध


३० फाल्गुन २०८१, शुक्रबार  

161
Shares

काठमाडौं । नेपालसहित आठ देशका नागरिक आन्दोलन, मजदुर संघ, किसान समूह, महिला समूहहरू र नागरिक समाज संगठनहरूले आइएमएफ र विश्व बैंक विरुद्धमा आन्दोलनको घोषणा गरेका छन् ।

शुक्रबार काठमाडौंमा पत्रकार सम्मेला गरी उनीहरुले नेपाल, भारत, श्रीलका, पाकिस्तान, बंगलादेश, फिलिपिन्स, इन्डोनेसिया र मलेसियाका नागरिक आन्दोलन, मजदुर संघ, किसान समूह, महिला समूहहरू र नागरिक समाज संगठनहरूले आईएमएफ र विश्व बैंकका हानिकारक नीतिहरू बन्द गर्न चैत्र २ र ३ गते आन्दोलन गर्ने नेपालका वरिष्ठ अभिवक्ता पद्म बहादुर श्रेष्ठले दिएका हुन् ।

उनले ८५ प्रतिशत भन्दा बढी विश्व जनसंख्या आईएमएफ र विश्व बैंकका कठोर नीतिहरूबाट प्रभावित रहेको भन्दै भने, ‘यसका कठोर नीति तथा खर्च कटौतीका कारण श्रम कानुनहरू कमजोर बनाइएका छन् । जसले महिलाहरूलाई असुरक्षित रोजगारीमा धकेलिरहेको छ । यी संस्थाहरूको तथाकथित ’लैंगिक रणनीति’ र ’महिला सशक्तीकरण’ अभियानहरू पूर्णरूपमा असफल साबित भएका छन् ।’ इन्डोनेसियाका मुहम्मद रेजा साहिब सेले भने, ’विश्व बैंकको उद्देश्य विश्व आर्थिक स्थिरता थियो तर आज तिनीहरू बजार–केन्द्रित समाधानमा मात्र केन्द्रित छन् । यसले समानता होइन, झन् असमानता निम्त्याएको छ ।’

त्यस्तै एशियन पिपुल्स मुभमेन्ट अन डेब्ट एन्ड डेभलपमेन्टकी सयोजक लिडी नाकपिलले आईएमएफ र विश्व बैंकले ८० वर्ष मनाइरहँदा विश्व दक्षिणमा कर्जाको चपेटाले निम्त्याएको संकट अझै विकराल बनेको बताइन् ।  

प्रकाशित मिति : ३० फाल्गुन २०८१, शुक्रबार  ७ : ३१ बजे