Logo

मुख्य समाचार

इतिहासको रथ पछाडि फर्किदैन्, निरंकुश शासन सहन सकिदैन् : नेपाल


२६ फाल्गुन २०८१, सोमबार  

46
Shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले इतिहासको रथ पछाडि फर्किन नसक्ने बताएका छन् ।

सोमबार समाजवादी मोर्चाको बैठक पश्चात उनले राजाको विषयमा बोल्दै जनताले चाहेको प्रगती, परिवर्तन, हित र कल्याणको शासन राजाबाट सम्भव नभएको भन्दै इतिहासको रथ पछाडि फर्किन नसक्ने बताए ।

उनले भने, ‘सिध्याउन खोज्ने कुनैपनि प्रवृत्ति निन्दनीय छ, अस्विकार्य छ । इतिहासको रथ पछाडि फर्किन सक्दैन् । प्रगती, परिवर्तन चाहिएको छ, जनताको हित र कल्याणको शासन चाहियो । यो राजाबाट सम्भव छैन् । इतिहासले यो कुरा भनि सकेको छ । फेरि त्यो निरङ्कुश शासनमा जनता जादैँन् ।’

प्रकाशित मिति : २६ फाल्गुन २०८१, सोमबार  ८ : ३१ बजे