Logo

राजनीति

संविधान कार्यान्वयन गर्न मानसिकता परिवर्तन हुनुपर्छ : रेखा शर्मा


२२ फाल्गुन २०८१, बिहिबार  

92
Shares

काठमाडौं । माओवादी केन्द्रकी नेतृ एवं पूर्वसञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले संविधानमा रहेको अधिकारहरु वास्तविक जीवनमा कार्यान्वयन नभएको बताएकी छन् ।

बिहीबार काठमाडौंमा अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित अन्तरक्रियामा उनले संविधानले महिलाका लागि थुप्रै राजनीतिक अधिकारहरु रहेपनि त्यसको कार्यान्वयन नभएको भन्दै मानसिकता परिवर्तन गर्नुपर्ने बताएकी हुन् ।

उनले भनिन्, ‘महिलाहरुलाई हिंसा गरिन्छ दाइजोको नाममा, अहिलेसम्म महिनावारी हुँदा छाउगोठमा बस्नुपर्छ भने अर्का तिरको चेतना हेर्दा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री महिला हुनुपर्छ भन्ने चेतना पनि छ । कानून, संविधान सबै कुरामा राजनीतिक अधिकार लेखेर मात्र हुदैँन् रहेछ । समाज बदल्नुपर्ने रहेछ । समाजको मानसिकता परिवर्तन गर्नुपर्ने रहेछ । यो कुरामा सरकारको तर्फबाट त्यही खालको अभियानहरु चलाउने र प्रशासनिक क्षेत्रबाट त्यसलाई दृढतापूर्वक कार्यान्वयन गर्ने हो भने मात्र पाएका सबै अधिकारहरु प्रयोग गर्न सक्छौ ।’

यस्तै, उनले अहिलेको सरकार विस्तारै समावेशिताको अधिकारको विपक्षमा गइरहेको पनि बताइन् ।

उनले भनिन्, ‘अहिलेको सरकारको गतिविधि हेर्ने हो भने सरकार समावेशिताको अधिकारको विपक्षमा गइरहेको छ । संविधान संशोधनका कुराहरु आइरहेका छन्, प्रतिनिधि सभालाई पूर्ण प्रत्यक्ष बनाउने भन्ने कुरा आएको छ । एमाले र काङ्ग्रेसका नेताले बिगार्ने अनि राजनीतिक अस्थिरताको कारण उत्पीडित समुदायलाई न्याय गर्न सक्ने देखिदैन् ।’

यसका साथै, महिलाहरुको सहभागिता ३३ प्रतिशतबाट ५१ मा पु¥याउनको लागि पहिला ३३ प्रतिशत सफल हुनुपर्ने पनि उनको भनाई छ ।

प्रकाशित मिति : २२ फाल्गुन २०८१, बिहिबार  ७ : ४० बजे