काठमाँडौ । इजरायलले कब्जा गरेको वेस्ट बैंक पछिल्लो समय युद्ध मैदानका रुपमा परिणत हुँदै गएको छ ।
संयुक्त राष्ट्रका अनुसार सामान्य प्यालेस्टाइनीहरू सबैभन्दा बढी पीडित छन् । ‘वेस्ट बैंकले गाजा युद्धको डरलाग्दो फैलावटबाट गुज्रिरहेको छ,’ प्यालेस्टाइन शरणार्थीहरूका लागि संयुक्त राष्ट्र संघका कमिश्नर जनरल फिलीप लाजारिनी भने ।
पाँच हप्ता अघि इजरायली सेनाको कारबाही सुरु भएदेखि बालबालिकासहित ५० भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको लाजारिनीले बताए।
करिब ४० हजार बढीले घर छाडिसकेका छन् । पाँच हजार बढी विद्यार्थी प्रभावित भएका छन् । त्यस्तै बिरामीहरूले स्वास्थ्य सेवामा पहुँच पाएका छैनन् भने परिवारहरू पानी, बिजुली र अन्य आधारभूत सेवाहरूबाट बञ्चित भइरहेका छन् ।
जेनिन, तुल्करम र नूर शम्समा रहेका प्यालेस्टिनी शिविरहरू खाली गराइएको छ र सैन्य कब्जामा रहेका छन् । (सीसीटीभीप्लस)








प्रतिक्रिया