काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (बहुमत)ले ‘भ्रष्ट, दलाल पूँजीवादी व्यवस्था विरुद्ध जनसंघर्ष अभियान’ संचालन गर्ने निर्णय गरेको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै फागुन १ गतेदेखि ६ गतेसम्म केन्द्रीय समितिको दोश्रो पूर्ण बैठकको निर्णय सार्वजनिक गर्दै बहुमतका नेता गुणराज लोहनीले ‘भ्रष्ट, दलाल पूँजीवादी व्यवस्था विरुद्ध जनसंघर्ष अभियान’ संचालन गर्ने निर्णय भएको जानकारी दिए ।
उनले भने, ‘बैठकले ‘भ्रष्ट, दलाल पूँजीवादी व्यवस्था बिरुद्ध जनसंघर्ष अभियान’ संचालन गर्ने निर्णय गरेको छ ।’
यस्तै, उनले दलाल पूँजीवादी सत्ताका विरुद्ध जनताकाबीच वैचारिक, राजनीतिक, सांगठनिक, सांस्कृतिक क्षेत्रमा निश्चित मान्यता स्थापित गर्ने उद्देश्यले उक्त अभियान सञ्चालन गर्न लागेको जानकारी दिए ।
साथै उनले नेपालका दलाल पूँजीवादी साशकहरुले नेपालमै शिक्षामाथि भैरहेको व्यापारीकरण बन्द गरी सरकारी जिम्मेवारीमा गुणस्तरीय शिक्षा प्रदान गर्नुपर्ने पार्टीको धारणा रहेको पनि बताए ।
‘भारतका विभिन्न कलेजहरुमा नेपाली विद्यार्थीहरुमाथि बिभिन्न प्रकारका उत्पीडन, दमन, हत्या गर्ने र आत्महत्या गर्न बाध्य पार्ने गरेको घटना बाहिरीएका छन् । नेपालका दलाल पूँजीवादी साशकहरुले नेपालमै शिक्षामाथि भैरहेको व्यापारीकरण बन्द गरी सरकारी जिम्मेवारीमा गुणस्तरीय शिक्षा प्रदान गर्नु पर्दछ । त्यस्तै गरी स्वास्थ्यमाथि हुने सबै प्रकारको व्यापारीकरण तत्काल बन्द गरिनु पर्दछ । साथै, स्वास्थ्य, शिक्षा, हावा, पानी, आकाश, खनिज, जंगल जस्ता प्राकृतिक श्रोत र जनताका नैसर्गिक अधिकारका क्षेत्रमा नीजि सम्पत्ति हुने गरी व्यापारीकरण बन्द गरिनु पर्दछ ।’ उनले भने
मिटरब्याजी, लघुवित्त एबम् सहकारी, पीडितहरुको सम्पत्ति फिर्ता गरी वित्तीय ठगहरुलाई कारवाही गर्न पर्ने धारणा पनि बहुमतको रहेको छ ।
भर्खरै सरकारले जनविरोधि हुने गरी ल्याएको ‘भुमि सम्बन्धि अध्यादेश’ पत्रकारीता र सामाजिक सञ्जाल बन्द गर्न सकिने ‘सूचनाको हक सम्बन्धी अध्यादेश’ खारेज गरिनु पर्ने माग बैठकले राखेको छ ।
प्रतिक्रिया