Logo

गण्डकी प्रदेश

शसस्त्रको ब्यारेकभित्रै मृत भेटिएकी महतको पोष्टमार्टम गरियो, अनुसन्धान जारी


१२ फाल्गुन २०८१, सोमबार  

115
Shares

पोखरा । पोखरास्थित हुल तथा दंगा व्यवस्थापन तालिम शिक्षालय लामापाटनमा तालिमरत एक जना सशस्त्र प्रहरी निरिक्षक (इन्स्पेक्टर) शनिबार राती मृत भेटिएकी छिन् । 

सशस्त्र प्रहरी बलमा कार्यरत  सिन्धुपाल्चोक घर भएकी २८ वर्षीया इन्स्पेक्टर सन्तोषी महत मृत अवस्थामा भेटिएकी हुन् ।

शनिबार राति ९ बजे ब्यारेकको महिला शौचालय नजिकको बीममा झुण्डिएको अवस्थामा महतको शव भेटिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिए । 

उनको शव त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (डीआईजी) कुमार न्यौपानेले जानकारी दिए । उनले भने,‘उनको शवको पोष्टमार्टम भएको छ । शव अस्पतालमै छ । शसस्त्र आन्तरिक छानविन समितिले काम गरिरहेको छ, घट्नाबारे अहिले केही भन्न सक्ने अवस्था छैन् ।’

न्यौपानेका अनुसार मृतकका परिवारबाट किटानी जाहेरी पर्ने भन्ने सुनेको तर जाहेरी परिनसकेको जानकारी दिए । घट्नाको थप अनुसन्धान नेपाल प्रहरीले गरिरहेको पनि उनले बताए ।

घटना अनुसन्धान गर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले डीआईजीको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । एकेडेमीका डीआईजी लक्ष्मण सिंहको नेतृत्वमा समिति गठन गरिएको प्रवक्ता न्यौपानेले बताए ।

सशस्त्र प्रहरी जवान र असई हुँदै उनी इन्स्पेक्टर भएकी थिइन् । प्रेम सम्बन्धका कारण उनले आत्महत्या रोजेको आशंका गरिएको छ ।

जवानमै हुँदा २०७८ सालमा असईमा नाम निकालेकी उनले २०८१ मा निरीक्षकमा नाम निकालेकी थिइन् ।

प्रकाशित मिति : १२ फाल्गुन २०८१, सोमबार  ११ : ५२ बजे