Logo

खेलकुद

मन्थली नगर कप : पुरुष भलिबलको उपाधि चिसापानीलाई, महिलाको उपाधि भटौलीलाई 



रामेछाप । मन्थली नगरपालिकाको तेस्रो मन्थली नगर कप पुरुष भलिबलको उपाधि मन्थली–८ चिसापानीले जितेको छ ।

चिसापानीले मन्थली–१० चनखुलाई सोझो सेटमा हराउँदै उपाधि जितेको हो । बुधबार मन्थलीमा भएको खेलमा चिसापानीले चनखुलाई २५–१९, २५–९ र २५–१२ ले हराएको छ । उपाधि सहित चिसापानीले नगद १ लाख रनिङ शिल्ड, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

उपविजेता चनखुले नगद ७५ हजार ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ ।

प्रतियोगितामा मन्थली–७ भटौली तेस्रो भएको छ । उसले नगद ३०  हजार रुपैँया ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ । प्रतियोगितामा १४ वटा वडाका १४ टिमले भाग लिएका थिए ।

तेस्रो नगर कप अन्तर्गत भएको प्रथम महिला भलिबल कपको उपाधि भने मन्थली–७ भटौलीले जितेको छ । महिला तर्फको प्रथम हुने टोलिले नगद ५० हजार रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

महिला भलिबलमा उपविजेता भएको मन्थली–१३ फुलासीले नगद ३० हजार रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।  तेस्रो बनेको मन्थली–६ भलुवाजोरले नगद २० हजार रुपैँया सहित ट्रफि, मेडल र प्रमाण पत्र प्राप्त छ । महिला तर्फको खेलमा ७ टिमले भाग लिएका थिए ।

विजयी टिम र खेलाडीलाई मन्थली नगरपालिका प्रमुख लब श्रेष्ठ, उपप्रमुख ईश्वरी बस्नेत लगायतले सिल्ड, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

प्रकाशित मिति : ७ फाल्गुन २०८१, बुधबार  ४ : ५१ बजे