काठमाडौँ । प्रतिनिधिसभाबाट नेपाल नागरिकता दोस्रो संशोधन विधेयकसम्बन्धी प्रस्ताव स्वीकृत भएको छ । सोमबार बसेको बैठकमा सभामुख देवराज घिमिरेले प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरेकामा सदनले स्वीकृत गरेको हो ।
अब उक्त विधेयकमाथि प्रतिनिधिसभा नियमावलीअनुसार इच्छुक सांसदहरूले आफ्नो संशोधन पेस गर्न सक्ने घिमिरेले बताए । आइतबार नै उक्त विधेयक स्वीकृत गर्न खोजिए पनि गणपूरक सङ्ख्या पुगेको थिएन ।
यसैगरी प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय सुरक्षा परिषद्को दुई आर्थिक वर्षको वार्षिक प्रतिवेदन पेस भएको छ ।
प्रतिनिधिसभाको सोमबारको बैठकमा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले छैटौँ वार्षिक प्रतिवेदनको आर्थिक वर्ष २०७९÷०८० र सातौ वार्षिक प्रतिवेदनको आर्थिक वर्ष २०८०÷०८१ सदनसमक्ष पेस गरेका हुन् ।
प्रतिक्रिया