Logo

Breaking News 1

अर्थसहित संसद्का ६ वटा समितिको बैठक बस्दै


२ फाल्गुन २०८१, शुक्रबार  

92
Shares

काठमाडौं । संघीय संसद्का ६ वटा समितिको बैठक बस्दैछ । संघीय संसद् सचिवालयका अनुसार ती सबै बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछन् ।

जसअनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा विज्ञसँग छलफल हुनेछ, जुन बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक भने अपराह्न १२ः३० बजेबाट सुरू हुनेछ । नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशिल राष्ट्रमा स्तरोन्नति हुनेसम्बन्धमा अध्ययन प्रतिवेदन,२०८१ उपसमितिबाट समितिसमक्ष पेस गरिने छ र छलफल हुनेछ भने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिमा राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्याहरूको समाधानको सम्बन्धमा प्राप्त सुझावहरूमाथि छलफल गरिने भएको छ । बैठक बिहान ११ः०० बजे बोलाइएको छ ।
जसअनुसार अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर संशोधनकर्ता प्रतिनिधिसभाका सदस्यहरूसँग छलफल हुनेछ ।

जुन बैठक बिहान ११ः०० बजेबाट सुरू हुनेछ । उता, राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बिहान ११ः०० बजेबाट सुरू हुनेछ ।

जुन बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुने जनाइएको छ ।

कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठकमा भने स्वर्गद्वारी गुठी किसानहरूका समस्या बारे भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र गुठी संस्थानसँग छलफल हुनेछ, जुन बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

प्रकाशित मिति : २ फाल्गुन २०८१, शुक्रबार  ८ : १७ बजे