काठमाडौं । संघीय संसद प्रतिनिधि सभाको बैठकमा राष्ट्रिय प्राकृतिक श्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन २०७९–८० पेस भएको छ ।
बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको सट्टा सञ्चार तथा सूचना प्रविधि मन्त्रीपृथ्वी सुव्वा गुरुङले पेस गरेका हुन् ।
यस्तै अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०८१–०८२को बजेट तथा कार्यक्रम कार्यान्वयन अवस्थाको अर्धवार्षिक मुल्याङ्कन प्रतिवेदन पेस गरे ।
भ्रष्टाचार निवारण पहिलो संशोधन विधेयक सम्बन्धि समितिको प्रतिवेदन २०८१ पनि संसदमा पेस भएको छ । राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाले प्रतिवेदन पेस गरे ।
त्यस्तै , सुरक्षित कारोबार पहिलो संशोधन विधेयक सम्बन्धि समितिको प्रतिवेद २०८१ र अर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायीत्व पहिलो संशोधन विधेयक फिर्ता गर्ने सम्बन्धि समितिको प्रतिवदेन अर्थ समितिका सभापति सन्तोष चालिसेले पेस गरे ।
प्रतिक्रिया