Logo

Breaking News 1

तीन संसदीय समितिको बैठक बस्दै आज, विभिन्न विधेयकमाथि छलफल हुने



काठमाडौं । मंगलबार तीनवटा संसदीय समितिकोे बैठक बस्दै छ । जसअन्र्तगत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिनको १ बजे बस्दै छ ।

बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल हुनेछ । यस्तै, विधायन व्यवस्थापन समितिको ४२ औँ बैठक पनि आज बस्दै छ । बैठक दिनको साढे १२ बजे सिंहदरवारमा बस्दै छ ।

नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ मा दफावार छलफल हुने बैठको कार्यसूची रहेको छ । यसैगरी सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको २६१ औँ बैठक बिहानको ११ बजे बस्दै छ ।

बैठकमा राष्ट्रिय निकुञ्जहरुसँग सम्बन्धित नीतिगत समस्याहरुको सम्बन्धमा प्रदेश सरकारका वनसँग सम्बन्धित माननीय मन्त्रीहरुसँग छलफल गरिनेछ ।

प्रकाशित मिति : २२ माघ २०८१, मंगलबार  ९ : ५३ बजे