काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले प्रतिनिधि सभाको बैठकमा समय माग गर्दा सभामुखले समय नदिएको आरोप लगाउँदै १५ मिनेटको लागि सदन बहिष्कार गरेको बताएकी छन्। शुक्रबारको बैठक बहिष्कार गरेका गौतमले समय माग गर्दा कुनै प्रतिक्रिया नपाएको भन्दै आफ्नो पक्षको मुद्दा उठाउन नदिएकोमा असन्तुष्टि जनाइन्।
गौतमले भनिन्, “हाम्रो पक्षका केही विशेष कुराहरु छन्, जसलाई हामी सभामुखसँग राख्न चाहन्थ्यौं। हामीले समय माग गरेका थियौं, तर सभामुखले हामीलाई समय दिनु भएन। त्यसको विरोधस्वरूप १५ मिनेटको लागि सदन बहिष्कार गर्ने निर्णय गर्यौं। १५ मिनेटपछि हामी पुनः सदनमा जान्छौं।”
यसैगरी, रास्वपा सांसद हरि ढकालले पनि केही विषय राख्न समय माग्दा प्रतिक्रिया नपाएको बताउँदै, आफ्नो विरोधको स्वरूप केवल सांकेतिक भएको जनाए।

                    
                








                    
                    
                    
                    
प्रतिक्रिया