Logo

खेलकुद

टाइगर कप भलिबल : गण्डकीमाथि पुलिसको जित



काठमाडौं । नेपाल पुलिस क्लबले पाँचौ टाइगर कप भलिबलमा पुरूषतर्फ विजयी सुरूवात गरेको छ ।

आइतबार पोखरा रंगशालास्थित भलिबल कोर्टमा भएको प्रतिस्पर्धात्मक खेलमा पुलिसले साविक उपविजेता गण्डकी प्रदेशलाई ३–२ को सेटमा पराजित गरेको हो ।

पुलिसले सुरुको दुई सेट २५–२२ र २५–२१ ले जित्दै २–० को अग्रता बनाएको थियो भने गण्डकीले उत्कृष्ट पुनरागमन गर्दै त्यसपछिको दुई सेट २५–१९ र २५–१४ ले आफ्नो पक्षमा पार्दै खेल २–२ को स्थितिमा पु¥यायो । त्यसपछि पाँचौ तथा अन्तिम सेट १५–१० ले जित्दै पुलिसले खेल जितेको हो ।

जितपछि पुलिसले अब विनर ग्रुपमा रहेर खेल्नेछ ।

प्रकाशित मिति : १३ माघ २०८१, आइतबार  ७ : २२ बजे