काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले पूर्व कप्तानसमेत रहेका क्रिकेटर सन्दीप लामिछानेलाई कारबाही गरेको छ ।
हालै सम्पन्न जय ट्रफीका दौरान अम्पायरसँग भएको विवाद सामाजिक सञ्जालमा लेखेको भन्दै क्यानले लामिछानेलाई अनुशासनको कारबाही गरेको हो ।
क्यानले सन्दीप लामिछानेलाई खेलाडी सम्झौताको आचारसंहिताविरुद्ध गएर सामाजिक सञ्जालमा रेफ्रीको आलोचना गरेको भन्दै घरेलु प्रतियोगिताको एक खेल प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।
उनले जय ट्रफीका दौरान गत १० जनवरीमा नेपाली अम्पायरहरूले अझै राम्रो अम्पायरिङ गर्न नसकेको र सम्बन्धित निकायले अम्पायरहरूलाई पनि अझै राम्रो ट्रेनिङ गराउनुपर्ने भन्दै सामाजिक सञ्जालमा रेफ्रीसँगको असन्तुष्टि पोख्दै स्टाटस लेखेका थिए ।
प्रतिक्रिया