Logo

मुख्य समाचार

आजदेखि देशभर जलपक्षी गणना गरिँदै



काठमाडौं । देशभरका ताल, तलैया नदी र सिमसार क्षेत्रमा आजदेखि एकै साथ जलपक्षी गणना गरिने भएको छ । हरेक वर्षको जनवरी महिनाको पहिलो शनिवारदेखि जलपंछी गणनाकार्य गरिँदै आएको छ ।

जनवरी ४ तारिखदेखि १९ सम्म (पुस २० गतेदेखि माघ ६ गतेसम्म) जलपक्षीको सङ्ख्या, प्रजाती, बासस्थानको अवस्थाबारे जानकारी लिनका लागि गणना हुन लागेको नेपाल पक्षीविद सङ्घले जनाएको छ ।

गत वर्ष कोशिटप्पु बन्यजन्तु आरक्ष, चितवन, बाँके, बर्दिया, शुक्लाफाँटा, रारा राष्ट्रिय निकुञ्ज, काठमाडौं, पोखरा, लुम्बिनी, बिसहजारी ताल, घोडाघोडी, जगदिशपुरलगायतका तालसँगै देशका विभिन्न ताल तलैया र सिमसार क्षेत्रमा जलपक्षी गणना गरिएको थियो ।

विगतका वर्षझैँ यस वर्ष पनि तराई, भित्रि मधेश, रारा ताल, काठमाडौं उपत्यका र पोखरा उपत्यका र सबै प्रमुख सिमसार क्षेत्रमा जलपक्षी गणना गरिनेछ ।

प्रकाशित मिति : २० पुस २०८१, शनिबार  ११ : २० बजे