पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) ले प्रथम गण्डकी प्रदेश अधिवेसन आगामी माघ २६ र २७ गते गर्ने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै एकिकृत समाजवादीले प्रथम गण्डकी प्रदेश अधिवेसन पोखरामा गर्ने भएको हो । महाधिवेसनलाई पार्टीका अध्यक्ष माधवकुमार नेपालले उद्धघाटन गर्ने कार्यक्रम छ ।
अधिवेसनमा प्रदेशका ११ जिल्लावाट ४५० जना प्रतिनिधिहरुको सहभागिता रहने छ । ५० पार्टी सदस्य वरावर १ जना प्रतिनिधि चयन हुने र प्रत्येक संघीय निर्वाचन क्षेत्रलाई निर्वाचन क्षेत्र मानेर प्रतिनिधि चयन हुनेछन् । यसरी प्रतिनिधि चयन गर्दा महिला, उत्पिडित र मजदूर क्षेत्रको प्रतिनिधित्वलाई सुनिस्चित गर्न प्रत्येक संघीय निर्वाचन क्षेत्रवाट ३ प्रतिनिधि छानिदा १ महिला अनिवार्य र ५ प्रतिनिधि छानिदा १ जना उत्पीडित समुदायबाट अनिवार्य गरिएको छ ।
यससंगै प्रत्येक जिल्लाबाट एकजना मजदुर अनिवार्य रूपमा छानिने छ । यस अलावा विभिन्न जनसंगठनको प्रदेश कमिटीलाई पनि निर्वाचन क्षेत्र मानि प्रतिनिधि चयन हुनेछन् । प्रतिनिधिका अलावा ५० जना स्वयमसेवक र आयोजक गरि प्रदेश अधिवेसनमा ६०० जनाको सहभागिता रहनेछ ।
प्रतिक्रिया