Logo

खेलकुद

एनपीएल : कर्णालीलाई पराजित गर्दै जनकपुर उपाधि नजिक



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा आज(विहीबार) भएको खेलमा जनकपुर बोल्ट्सले कर्णाली याक्सलाई पराजित गरेको छ ।

बिहीबार भएको क्वालिफायर–२ मा जनकपुरले कर्णालीलाई दुई विकेटले पराजित गर्दै उपाधि नजिक पुगेको छ ।

आजको खेलमा कर्णालीले जनकपुरलाई १ सय १९ रनको लक्ष्य दिएको थियो । टियू क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएको थियो । जनकपुरले १९ ओभरको खेलमा ८ विकेट गुमाएर जित हात पारेको हो । 

सुदूरपश्चिमले क्वालिफायर १ मा जनकपुरलाई आठ विकेटले हराउँदै फाइनलमा स्थान पक्का गरेको थियो । यो खेलमा हार बेहोरेसँगै जनकपुरले फाइनलमा भिड्न अर्को अवसर पाएको थियो ।

कर्णालीले भने इलिमिनेटरमा चितवन राइनोजलाई २१ रनले पराजित गर्दै क्वालिफायर २ सम्म आएको थियो ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  ४ : २० बजे