Logo

खेलकुद

कर्णालीले जनकपुरलाई दियो १ सय १९ रनको सामान्य लक्ष्य



काठमाडौं । नेपाल प्रिमियर लिग ( एनपिएल ) को फाइनलमा स्थान बनाउँनको लागि भएको आजको खेलमा कर्णाली याक्सले जनकपुर बोल्ट्सलाई १ सय १९ को सामान्य लक्ष्य दिएको छ ।

जारी दोस्रो क्वालिफायरमा कर्णालीले जनकपुरलाई १ सय १९ रनको लक्ष्य दिएको हो । टियु क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय १८ रन बनाएको छ ।

पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्ससँग पराजित भएको जनकपुरले फाइनल प्रवेशका लागि अर्को अवसर पाएको हो । पहिलो क्वालिफायरको विजेता बन्दै सुदूरपश्चिमले भने फाइनलमा स्थान पक्का गरिसकेको छ ।

कर्णालीले भने बुधवार भएको इलिमिनेटर खेलको विजेता बन्दै दोस्रो क्वालिफायरमा स्थान बनाएको हो । कर्णालीले इलिमिनेटर खेलमा चितवन राइनोजमाथि २१ रनको जित हात पारेको थियो ।

कर्णाली र जनकपुरबीचको विजेताले फाइनलमा सुदूरपश्चिमसँग उपाधीको लागि खेल्नेछ । पराजित एनपिएलबाट बाहिरिने छ । लिगचरणको भेटमा कर्णाली जनकपुरसँग ८ विकेटले विजयी भएको थियो । फाइनल खेल शनिवार हुनेछ ।

प्रकाशित मिति : ४ पुस २०८१, बिहिबार  २ : २५ बजे