Logo

खेलकुद

खेलकुदका क्षेत्रमा नेपाल अहिले अगाडि बढेको छ :प्रधानमन्त्री ओली


२८ मंसिर २०८१, शुक्रबार  

115
Shares

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले  नेपाल केही वर्ष अगाडिसम्म खेलकुदका क्षेत्रमा निकै पछाडि रहे पनि अहिले अगाडि बढेको बताएका छन् । 

शुक्रबार कपन ह्याण्डबल बहुउद्देश्यीय खेल मैदान समुद्घाटन गर्दै उनले कतिपय रगंशालाहरु र खेलमैदानहरु चुस्त दुरुस्त गर्न नसके पनि पहिलेको भन्दा धेरै रुपान्तरण गर्न सकेको बताएका हुन् ।

उनले भने, ‘ नेपाल केही वर्ष अगाडिसम्म खेलकुदका क्षेत्रमा निकै पछाडि रहे पनि अहिले अगाडि बढिसकेको छ । खेलकुदका क्षेत्रमा हामीले भने जति गर्न नसके पनि, खेलाडिहरुलाई सुविधा पुर्याउन नसके पनि, कतिपय रगंशालाहरु र  खेलमैदानहरु चुस्त दुरुस्त गर्न नसके पनि पहिलेको भन्दा धेरै रुपान्तरण गरेका छौं।’

साथै उनले काठमाडौं रंगशाला भूकम्पछि पुनः त्यसलाई नविकरण गरेको बताए । उनले यसैगरी पोखरा रंगशाला, अरु रंगशालाहरु र  खेल मैदानहरुलाई हामी सबैले तयार गरेको बताए ।

प्रकाशित मिति : २८ मंसिर २०८१, शुक्रबार  ७ : १७ बजे