Logo

मुख्य समाचार

एनपिएलमा सुदूरपश्चिम रोयल्सको पहिलो हार



काठमाडौं । नेपाल प्रिमियर लिग( एनपिएल) मा सुदूरपश्चिम रोयल्स पहिलो पटक पराजित भएको छ ।

आइतबारको दोस्रो खेलमा सुदूरपश्चिम चितवन राइनोजसँग ३३ रनले पराजित भएको हो । चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई १ सय ६५ रनको लक्ष्य दिएको थियो भने सुदूरपश्चिम १८।२ ओभरमा १ सय ३१ रन बनाएर अल आउट भएको हो ।

सुदूरपश्चिमको यो लगातार तीन जितपछिको पहिलो हार हो । सुदूरपश्चिमले पहिलो खेलमा विराटनगर, दोस्रोमा काठमाडौं गुर्खाज र तेस्रो खेलमा लुम्बिनीलाई पराजित गरेको थियो ।

चितवनले चौथो खेलमा तेस्रो जित हात पारेको हो । सुरुवाती दुई खेल जितेको चितवन पछिल्लो खेलमा पराजित भएको थियो । काठमाडौं र पोखरालाई पराजित गरेको चितवन कर्णालीसँग हारेको थियो ।

आजै भएको पहिलो खेलमा जनकपुर बोल्ट्सले लुम्बिनी लायन्सलाई १ रनले पराजित गरेको थियो । जनकपुर लगातार ४ खेलमा विजयी हुँदा लुम्बिनी लगातार चौथो खेलमा पराजित भएको हो ।

प्रकाशित मिति : २३ मंसिर २०८१, आइतबार  ४ : ३८ बजे