काठमाडौं । धनगढीमाई नगरपालिकाले औषधि खरिदमा अनियमितता गरेको र सार्वजनिक खरिद नियमको उल्लंघन गर्दै रकम निकासा गरेको आरोपमा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ।
धनगढीमाई नगरपालिका अन्तर्गत २०७८/०७९ आ.व.को आधारभूत र आकस्मिक स्वास्थ्य सेवा औषधि खरिदका लागि नेपाल सरकारको सशर्त अनुदानको रकममा अनुसन्धान गरिएको हो। यस क्रममा, १७ प्रकारका औषधिहरु जनसवाल पत्रिकामा प्रकाशित मूल्य सूची भन्दा बढी मूल्यमा खरिद गरिएको र ५ प्रकारका औषधिहरु मूल्य सूचीभन्दा बाहिरका खरिद गरिएको तथ्य पाइएको छ।
कुल ३२ प्रकारका औषधिहरुमध्ये १७ प्रकारका औषधिहरु बढी मूल्यमा खरिद गर्दा रु. ३ लाख ४६ १४ हजार ३ सय २० र ५ प्रकारका औषधिहरु बाहिरको मूल्यमा खरिद गर्दा रु. एक लाख १४ हजार ४ सय ९० रकम बढी खर्च भएको छ। यसरी औषधि खरिद गर्दा कुल रकम रु चार लाख साठी हजार आठ सय दश रुपैयाँ) ले सरकारी कोषमा हानि पुर्याएको पुष्टि भएको छ।
उक्त अनियमितता र झुटा बिल भर्ने आधारमा रकम भुक्तानी गरिएको देखिँदा, विशेष अदालतमा आरोपपत्र दायर गर्दै उक्त घटनामा संलग्न प्रतिवादीलाई कानूनी कारवाहीको सामना गर्नुपर्ने भएको छ।
प्रतिक्रिया