Logo

मुख्य समाचार

बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुको लागि रोजगारी, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्नुपर्छ : अध्यक्ष बस्नेत



काठमाडौं । बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालका अध्यक्ष राजु बस्नेतले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई सबै हकहरु प्रदान गर्नुपर्ने बताएका छन् ।

बुधबार बौद्धिक अपाङ्गता अभिभावक महासंघ नेपालले आयोजना गरेको कार्यशालामा बोल्दै अध्यक्ष बस्नेतले बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई उपभोग गर्नका लागि उनीहरु भित्र भएको सबै कुराको पहिचान गर्न आवश्यक रहेको बताएका हुन् । 

उनले भने, ‘बौद्धिक अपाङ्गता भएका व्यक्तिहरुलाई सबै हकहरु प्रदान गर्नुपर्छ । यसमा हामीले अपाङ्गता भएका व्यक्तिहरुलाई उपभोग गर्नका लागि उनीहरुभित्र भएको सबै कुराको पहिचान गर्न  आवश्यक छ । व्यक्तिहरुभित्र भएको सिप, क्षमताको  आधारमा रोजगारी, शिक्षा, स्वास्थ्यको व्यवस्था गर्नुपर्छ ।’

साथै, उनले पहिचानको कुरामा विशेष ध्यान दिनुपर्ने बताए । उनले अहिले हाम्रो समाजमा अंग विहिन भएका मान्छेलाई मात्र अपाङ्गता भन्ने भाष्य रहेकाले माथिदेखी तलसम्म हातखुट्टा सबै ठिक जस्तो देखिने व्यक्ति अपाङ्ग होइन भन्ने खालको सोच हटाउन आवश्यक रहेको बताए ।

प्रकाशित मिति : १९ मंसिर २०८१, बुधबार  ४ : ३५ बजे