काठमाडौं । शनिबारबाट सुरु भएको सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग९एनपीएल० को दोस्रो खेलमा काठमाडौं गुर्खाजले चितवन राइनोजलाई एकसय १२ को लक्ष्य दिएको छ ।
टियू क्रिकेट मैदान कीर्तिपुरमा चितवनका कप्तान कुशल मल्लले टस जितेर बलिङ रोजेका थिए ।
शनिवारबाट सुरु लिगमा आज दुई खेल हुँदैछ । सोमबार हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्दैछन् । कर्णाली र जनकपुरबीचको खेल दिउँसो १ः१५ बजे सुरु हुनेछ । काठमाडौंले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर एक सय ११ रन बनाएको हो ।
काठमाडौंका लागि सुमित महर्जनले ४१ बलमा सर्वाधिक २९ रन जोडे । महर्जन १७औं ओभरको पाँचौं बलमा रिजन ढकालको बलमा आउट भए । माइकल लेभिटले १६ बलमा ४ चौका र एक छक्काको सहयोगमा २५ रन बनाए ।
काठमाडौंको पहिलो विकेटका रुपमा ओपनर स्टेफन स्किनाजीलाई सोहेल तन्भिरले आउट गराए । स्किनाजी २ बलमा ४ रन बनाएर अमरसिंह राउटेलाको हातबाट समातिए ।
चितवनका लागि तन्भिरले ४ ओभरमा २१ रन खर्चिएर ५ विकेट लिए । एनपिएल एकै बलरले लिएको यो पहिलो पाँच विकेट हो । रिजन ढकाल, अमरसिंह राउटेला, कुशल मल्ल र लुक बेन्केनस्टेइनले समान १ विकेट लिए ।
प्रतिक्रिया