Logo

Breaking News 1

एनपीएल : चितवनले टस जित्यो, काठमाडौं गुर्खाजले पहिला ब्याटिङ गर्ने



काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत आज काठमाडौं गुर्खाजविरुद्धको खेलमा चितवन राइनोजले टस जितेको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा टसमा चितवन राइनोजका कप्तान कुशल मल्लले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएका छन् । यससँगै काठमाडौँ गुर्खाजले अब पहिला ब्याटिङ गर्नेछ ।

चितवनको विदेशी खेलाडीमा पाकिस्तानका सोहेल तनविर, इङ्ग्ल्याण्डका भेट्रान अलराउण्डर रवि बोपारा, नामिबियाका जान निकोल लफ्टी इटन, इङ्ग्ल्याण्डका लुक बेन्केन्सटाइनलाई र अफगानिस्तानका हसन एइसाखिल छन् ।

त्यस्तै काठमाडौंको विदेशी खेलाडीमा इङ्ग्ल्याण्डका स्टेफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर तथा नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका जेरार्ड एरासमस छन् । दुवै टोलीले जित निकाल्ने उद्देश्यका साथ प्रतिस्पर्धा गर्दैछन् ।

प्रकाशित मिति : १७ मंसिर २०८१, सोमबार  १० : ११ बजे