Logo

अर्थ

यस्ताे छ आज विदेशी मुद्राको विनिमय दर



काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबारको लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिद दर १ सय २४ रुपैयाँ ८८ पैसा रहेको छ भने बिक्री दर १ सय ३५ रुपैयाँ ४८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर एकको खरिद दर ८७ रुपैयाँ ७६ पैसा रहेको छ भने बिक्री दर ८८ रुपैयाँ १५ पैसा रहेको छ । यसको साथै, क्यानेडियन डलर एकको खरिद दर ९६ रुपैयाँ ३५ पैसा रहेको छ भने बिक्री दर ९६ रुपैयाँ ७८ पैसा रहेको छ । युरोपियन युरो एकको खरिदमा १४२ रुपैयाँ ४३ पैसा छ भने बिक्री दर १४३ रुपैयाँ ०६ पैसा तोकिएको छ ।

यसैगरी, जापानिज येन १० को खरिद दर ८ रुपैयाँ ९९ पैसा छ भने बिक्री दर ९ रुपैयाँ ३ पैसा रहेको छ । साउदी अरेवियन रियाल एकको खरिद दर ३५ रुपैयाँ ९० पैसा छ भने बिक्री दर ३६ रुपैयाँ ०६ पैसा रहेको छ । कतारी रियाल एकको खरिद दर ३७ रुपैयाँ छ भने बिक्री दर ३७ रुपैयाँ १७ पैसा रहेको छ ।

यस्तै, कुवेती दिनार एकको खरिद दर ४ सय ३८ रुपैयाँ ९६ पैसा छ भने बिक्री दर ४ सय ४० रुपैयाँ ९२ पैसा रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०८१, आइतबार  ७ : २५ बजे