मेष राशि
दिउँसोदेखि साथीभाइसँग सन्तुलित व्यवहार गर्नुपर्ला।
बृष राशि
अध्ययनमा प्रगति हुनेछ। लेखन तथा सिर्जनात्मक कामबाट ख्याति मिल्नेछ।
मिथुन राशि
बिहानको समय फुर्सदिलो देखिए पनि रचनात्मक कार्य गर्न सकिनेछ।
कर्कट राशि
बिहान खर्च बढ्नुका साथै अर्थअभावले सताउन सक्छ।
सिंह राशि
आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। प्रयत्न गर्दा दिगो काम प्रारम्भ हुन सक्छ।
कन्या राशि
प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ।
तुला राशि
टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ।
बृश्चिक राशि
स्वास्थ्य कमजोर रहनाले चिताएको काम पूरा गर्न नसकिएला।
धनु राशि
विशेष काम गर्न बिहानको समय अनुकूल छ। अतिथिका रूपमा सत्कार पाइनेछ।
मकर राशि
रोकिएका काम बन्नाले नयाँ योजनातर्फ अग्रसर भइनेछ। अधिकार र प्रतिष्ठा जोगाउन सफल भइनेछ।
कुम्भ राशि
विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ।
मीन राशि
आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ।










प्रतिक्रिया