Logo

समाचार

बेन स्टोक्सको निर्णय लिने क्षमतामा कमी !


१२ कार्तिक २०८१, सोमबार  

69
Shares

काठमाडौं । इंग्ल्याण्डका प्रशिक्षक ब्रेन्डन म्याक्कुलमले कप्तान बेन स्टोक्सको पाकिस्तानसँगको २–१ टेस्ट सिरिजमा निर्णय लिने क्षमतामा कमी देखिएको बताएका छन् । म्याक्कुलमले स्टोक्सले चोटबाट चाँडै पुनरागमन गरेपछि कप्तानी र बलिङमा समस्या देखिएको खुलासा गरेका हुन् ।

इंग्ल्याण्डले पहिलो टेस्ट जितेपछि स्टोक्सले दोस्रो टेस्टमा पुनरागमन गरे, तर ह्यामस्ट्रिङ चोटको कारण बलिङमा योगदान दिन नसक्दा टोलीको सन्तुलनमा असर परेको थियो । म्याक्कुलमले स्टोक्सको चोटका कारण निर्णय क्षमतामा प्रभाव परेको बताएका छन् ।

‘स्टोक्सीको चोट गम्भीर थियो र उनले पुनरागमनका लागि कडा मिहिनेत गर्नुप¥यो । त्यस्तो चोटले मानसिकतामा असर पु¥याउन सक्छ,’ म्याक्कुलमले भने । ‘उनले गल्तीबाट सिक्नेछन् र अबका खेलमा मानसिक रूपमा स्पष्ट रहने प्रयास गर्नेछन् ।’

इंग्ल्याण्डका प्रशिक्षकले टोलीको आक्रमक शैलीको बचाउ गर्दै भने, ‘यो खेलाडीलाई बिशाल आत्मविश्वासका साथ खेल्न दिने मानसिकतामा भर पर्छ । खेलाडीले कुन शट खेल्ने भनेर बताउने कुरामा हाम्रो ध्यान छैन । हामीले सकारात्मक खेल प्रदर्शन गरेको थियौं ।’

म्याक्कुलमले इंग्ल्याण्ड उपकप्तान ओली पोपलाई आगामी न्युजिल्याण्ड भ्रमणमा टोलीमा समावेश गर्ने संकेत दिएका छन् ।

पोपले सिरिजमा अपेक्षाकृत प्रदर्शन गर्न नसके पनि म्याक्कुलमले उनलाई भविष्यमा महत्वपूर्ण खेलाडीका रूपमा हेरिरहेका छन् ।

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १ : ५१ बजे