Logo

अर्थ

सुनचाँदीको मूल्य घट्यो


१२ कार्तिक २०८१, सोमबार  

69
Shares

काठमाडौं । साताको  पहिलो  कारोवार दिन सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६७ हजार रुपैयाँ तोकेको छ । 

आज सुन प्रतितोला ४ सय रूपैयाँले घटेको हो । यसअघि आइतबार सुन १ लाख ६७ हजार ४ सय रुपैयाँमा कारोवार भएको थियो । 

यस्तै आज चाँदीको मूल्य पनि २० रूपैयाँले घटेको छ । आइतबार तोलामा २ हजार ८५ रूपैयाँमा कारोवार भएको चाँदी आज २० रूपैयाँले घटेर २ हजार ६५ रूपैयाँमा कारोवार भइरहेको छ । 

प्रकाशित मिति : १२ कार्तिक २०८१, सोमबार  १० : ५० बजे