Logo

कर्पोरेट

प्रभु बैंकको नाफा ०.६२ प्रतिशतले बढ्यो



काठमाडौं । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ३ करोड ४२ लाख १४ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्म प्रभु बैंकले सोही अवधिमा १ अर्ब ४ करोड ६ लाख ५७ हजार रुपैयाँ नाफा कमाएको छ । जुन गत आवको सोही अवधिको तुलनामा ०.६२ प्रतिशतले बढी हो ।

असोज मसान्तसम्म बैंकको खुद ब्याज आम्दानी ३.१६ प्रतिशतले बढेर २ अर्ब ६२ करोड ८६ लाख १५ हजार रुपैयाँ रहेको छ । बैंकको संचालन नाफा ९.९२ प्रतिशत घटेर १ अर्ब ४० करोड ३९ लाख ८१ हजार रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : ७ कार्तिक २०८१, बुधबार  १ : ५१ बजे