Logo

अर्थ

सुनको मूल्यमा दिनदिनै नयाँ रेकर्ड



काठमाडौं । आज (सोमबार) नेपाली बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।  सोमबार एकै दिन प्रतितोला ६ सय रुपैयाँ मूल्य बढेपछि नेपाली बजारमा सुनको भाउ हालसम्मकै उच्च भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६५ हजार ६ सय रुपैयाँ तोकेको छ । यसअघि आइतबार १ लाख ६५ हजार रूपैयाँ कायम भएको थियो ।

प्रकाशित मिति : ५ कार्तिक २०८१, सोमबार  १० : ४० बजे