Logo

Breaking News 1

रवि लामिछाने लक्षित सूर्य थापाको व्यङ्ग्य



काठमाडौं । सहकारीको रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित विशेष संसदीय समितिका सभापति सूर्य थापाले रवि लामिछानेप्रति व्यङ्ग्य गर्दै कलाविहीन नाटक मञ्चन गरेको बताएका छन् ।

सामाजिक सञ्जालमा टिप्पणी गर्दै थापाले‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै ‘प्रतिशोध’ को कलाविहीन नयाँ नाटक मञ्चन भइरहेको बताएका हुन् ।

रास्वपाले पार्टी सभापति रवि लामिछाने पक्राउ प्रकरणलाई ‘प्रतिशोध’ बताएपछि यसप्रति व्यङ्ग्य गर्दै सभापति थापाले यसलाई ‘कलाविहीन नाटक’ भनेका हुन् ।

उनले भनेका छन् ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाविहीन नयाँ नाटक मञ्चन भइरहेछ, प्रतिशोध ’’ सुपरफ्लप हुने बाटो प्रतीक्षा गरौं ।

थापा नेतृत्वको संसदीय समितिले लामिछानेलाई दोषी ठहर गर्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो । समितिको प्रतिवेदनकै आधारमा लामिछानेलाई शुक्रबार जिल्ला अदालत कास्कीको अनुमतिमा काठमाडौँबाट पक्राउ गरेर पोखरा पु¥याइएको छ ।

प्रकाशित मिति : ३ कार्तिक २०८१, शनिबार  १२ : ३७ बजे