Logo

Breaking News 1

विजयादशमीको अवसरमा आज काठमाडौँ उपत्यकामा नि:शुल्क रूपमा बस



काठमाडौं । नेपाल प्रहरीले विजयादशमीको अवसरमा आज काठमाडौँ उपत्यकामा निःशुल्क रूपमा बस सेवा सञ्चालन गरिने जनाएको छ ।

सार्वजनिक यातायातका साधनहरू न्यून चल्ने हुँदा नागरिकलाई आवतजावत गर्न सहजहोस् भन्ने उद्देश्यले आज दिनभरि रिङरोड भित्र र बाहिर गरी दुईवटा बस निःशुल्क रूपमा सञ्चालन गर्ने योजना बनेको केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले जानकारी दिए ।

एउटा बस प्रहरी प्रधान कार्यालय नक्सालबाट छुटेर बालुवाटार, टिचिङ, चक्रपथ, नयाँ बसपार्क, बालाजु, स्वयम्भू, कलङ्की, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माइतीघर, पुतलीसडक र जयनेपाल हल पुगी पुनः सोही रुटबाट नक्साल फिर्ता हुनेछ ।

यस्तै, अर्को बस नक्सालबाट छुटेर रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सूर्यविनायक, चाबहिल, सुकेधारा, चक्रपथ, टिचिङ, बालुवाटार हुँदै फेरि प्रहरी प्रधान कार्यालय नक्साल आइपुग्ने प्रवक्ता काकीले जानकारी दिए ।

प्रकाशित मिति : २६ आश्विन २०८१, शनिबार  ११ : ५९ बजे