Logo

विश्व

चीनमा पाण्डाको जन्मदिन, चिडियाखानामा विशेष कार्यक्रम



एजेन्सी । चीनले पाण्डालाई संरक्षण गर्नका लागि स्थापना गरेको स्मृति दिवस प्रत्येक बर्षको सेप्टेम्बर २२ तारिखलाई अन्तर्राष्ट्रिय पाण्डा दिवसका रुपमा मनाउने गर्छ । पाण्डा संरक्षणमा चीनले विशेष चासो दिन गर्छ ।

यसै सिलसिलामा अक्टोबरमा जन्मिएका तीन विशाल पाण्डाले सांघाइ वाइल्ड एनिमल पार्कमा सँगै आफ्नो जन्मदिन मनाएका छन् ।

सात वर्षका जू बाओ, छियान जिन र पाँच वर्षीया काङ काङले चिडियाखानाका पशु हेरचाह कर्मचारीहरूले प्रस्तुत गरेको विशेष जन्मदिनको भोजको आनन्द लिएका छन् ।

उनीहरुका लागि चिडियाखानाले उत्कृष्ट बाँसको ओछ्यान, कुंडा कुर्सी, बाँसको टोकरी र अन्य खेलौनाहरूसहित हस्तनिर्मित जन्मदिनको उपहारहरू तयार पारेका थिए । 

विशाल पाण्डाको जन्मदिनको उत्सव एक हप्तासम्म चल्ने बताइएको छ । यस अवधिमा, आगन्तुकहरूलाई आशीर्वाद कार्डहरू लेख्न स्वागत गरिएको छ । मान्छेहरुलाई लजालु र मनमोहक प्राणीहरूको बारेमा थप जानकारी प्रदान गर्नका लागि जन्मदिनको पार्टी आयोजना गरिएको थियो ।

भालु प्रजातीमा पर्ने पाण्डामध्ये जियन्ट पाण्डा चीनमा संरक्षित छ । टाउको सेतो, कान र आँखा कालो, च्यापु, काँध र अगाडिको खुट्टा पूरै कालो, ढाडदेखि कम्मरसम्म सेतो र पछाडिको खुट्टा कालो रंगको भुत्ला भएको यो विश्वकै दुर्लभ मानिन्छ । रेड पाण्डा भने विरालोजस्तो देखिन्छ ।

चीनमा पाइने पाण्डामध्ये ८५ प्रतिशत सिचुआन प्रान्त र बाँकी १५ प्रतिशत सान्सी र गान्सु प्रान्तमा संरक्षण गरिएका छन् । सांघाइमा पनि पाण्डा प्रदर्शनमा राखिएको छ ।

(सीसीटीभी प्लस/एनएनबी)

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ४ : ०२ बजे