Logo

मुख्य समाचार

सरकारले सोमबार विश्व बसोबास दिवस मनाउने



काठमाडौं । शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग र विश्व वसोवास दिवस मूल तयारी समितिले असोज २१ गते सोमबार विश्व बसोबास दिवस मनाउने निर्णय गरेको छ ।

आइतबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरी समितिले सोमबार ‘इन्गेजिङ युथ टु क्रिएट अ बेटर अर्बन फिचर’ भन्ने मूल नाराकासाथ विश्व बसोबास दिवस मनाउने निर्णय भएको जानकारी गराएको हो ।

विश्व बसोबास दिवस २०८१ को अवसरमा शहरी विकास मन्त्रालय, शहरी विकास तथा भवन निर्माण विभाग र युएन ह्याविटघाटको संयुक्त आयोजना सोमबार नै बिहान १०ः०० बजेदेखि अपरान्ह ५ः०० बजेसम्म कार्यशाला गोष्ठी र छलफल कार्यक्रम आयोजना गर्ने पनि जानकारी दिइएको छ ।

आयोजकका अनुसार विभिन्न प्राविधिक सत्र, युवाहरुको सफलताको कथा, विभिन्न निकाय र क्षेत्रमा क्रियाशील युवाहरुले गर्नुभएको कामको पोष्टर प्रदर्शनी र छलफलहरु सञ्चालन हुनेछन् ।

प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  २ : २८ बजे