Logo

अर्थ

नेपाली बजारमा सुनको मूल्य घट्यो



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ३०० रुपैयाँ घटेर कारोबार भएको छ । गत शुक्रबार छापावाल सुन प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार (आज) छापावाल सुन प्रतितोला एक लाख ६१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

यो मूल्य नेपाली बजारमा हालसम्मकै उच्च हो ।

आज चाँदीको मूल्य प्रतितोला पाँच रुपैयाँ बढेर एक हजार ९८५ रुपैयाँमा कारोबार भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भएको थियो ।


प्रकाशित मिति : २० आश्विन २०८१, आइतबार  ११ : ३४ बजे