Logo

अर्थ

आजको तरकारी तथा फलफूलको मूल्य



काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारको लागि मूल्य सार्वजनिक गरेको छ ।जस अनुसार आज मुडेको आलु प्रतिकेजी न्यूनतम ७८ रुपैयाँ पुगेको छ भने सुकेको प्याज १२५ रुपैयाँ पुगेको छ ।

त्यस्तै, स्थानीय काउलीको मूल्य प्रतिकेजी ६० रुपैयाँ पुगेको छ भने रातो मूला ३० रुपैयाँ रहेको छ । रायोको साग प्रतिकेजी १३० रुपैयाँ, बरेला १२० रुपैयाँ, कन्य च्याउ २०० रुपैयाँ, ब्रोकाउली १४० रुपैयाँ पुगेको छ ।

आज हरियो खुर्सानीको भाउ प्रतिकेजी १०० रुपैयाँ पुगेको छ भने, सुकेको खुर्सानी ४३० रुपैयाँ, भेडे खुर्सानी १८० रुपैयाँ, हरियो लसुन २५० रुपैयाँ फूजी स्याउ ३००, केरा १३० रुपैयाँ तोकिएको छ ।

प्रकाशित मिति : १९ आश्विन २०८१, शनिबार  ८ : ४२ बजे