Logo

अर्थ

सुनको मूल्यमा फेरि नयाँ रेकर्ड


१८ आश्विन २०८१, शुक्रबार  

69
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा शुक्रबार फेरि नयाँ रेकर्ड कायम भएको छ । यस दिन छापावाल सुन प्रतितोला एक लाख ६१ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यही असोज ११ गते छापावाल सुन प्रतितोला एक लाख ६१ हजार २०० रुपैयाँमा कारोबार भएको थियो । त्यो यसअघिको उच्च मूल्य थियो । आज मूल्यको त्यो ‘रेकर्ड ब्रेक’ भएको हो ।

बिहीबार (हिजो)को तुलनामा सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको छ । बिहीबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला एक हजार ९८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बिहीबार चाँदी प्रतितोला एक हजार ९५० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १८ आश्विन २०८१, शुक्रबार  ११ : १२ बजे