Logo

Breaking News 1

यस्ताे रहेकाे छ आजकाे माैसम पूर्वानुमान



काठमाडाैं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा भारतको उत्तर-पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ ।

अहिले कोशी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ भने कोशी प्रदेशको थोरै स्थानहरुमा मेघ-गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षा र एक-दुई स्थानमा भारी वर्षा भइरहेको विभागले जनाएकाे छ ।

विभागका अनुसार आज दिउँसो कोशी प्रदेश,मधेश प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।

कोशी प्रदेशका केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको साथै कोशी प्रदेश र बागमती प्रदेशका एक/दुई स्थानमा भारी बर्षाको पनि सम्भावना रहेको विभागले जनाएकाे छ ।

आज राति कोशी प्रदेश ,मधेश प्रदेश, वागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने विभागले जनाएकाे छ ।

साथै कोशी प्रदेशका केही स्थानहरुमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू तथा बाँकी प्रदेशका एक/दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको तथा साथै कोशी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रकाशित मिति : १६ आश्विन २०८१, बुधबार  ६ : २१ बजे