Logo

अर्थ

सुनचाँदीको मूल्य घट्यो


१५ आश्विन २०८१, मंगलबार  

92
Shares

काठमाडौं । मंगलबार सुनचाँदीको मूल्यमा गिरावट आएको छ । आज सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घटेर तोलाको एक लाख ६० हजारमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यसअघि सोमबार सुनको मूल्य एक लाख ६० हजार ५ सयमा कारोबार भएको थियो । त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मूल्य १५ रुपैयाँले घटेर १९२५ रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

प्रकाशित मिति : १५ आश्विन २०८१, मंगलबार  ११ : ५३ बजे