Logo

कर्पोरेट

नेप्से ४४.४५ अंकले  बढ्यो



काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेञ्ज ४४.४५ अंकले बढेर दुई हजार ५ सय ८ दशमलव ८६ विन्दुमा बन्द भएको छ  । नेप्सेमा आज दोहोरो अंकको सुधार आएको हो ।

नेप्सेमा ३ अर्ब ७१ करोड ५३ लाख रुपैयाँमा सिमित बनेको छ । आज कारोबार भएका कम्पनीमध्ये २१० वटाको बढेको छ भने ३३ वटा कम्पनीको शेयरमूल्य घटेको छ । एक कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।                                   

आज एक कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । जसमा वीन सिईडिबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड रहेको छ । यस कम्पनीको शेयरमूल्य आज १० प्रतिशतले बढेर प्रतिकित्ता १७२७ रुपैयाँ पुगेको छ ।  

प्रकाशित मिति : १४ आश्विन २०८१, सोमबार  ४ : ०७ बजे